काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई काठमाडौंबाट आज विहान चितवन लगिएको हो ।
उनीविरुद्ध कास्की, रुपन्देही, चितवन र काठमाडौं प्रहरीले सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।
जिल्ला अदालत कास्कीको अनुमतिले पक्राउ पुर्जी जारी भएपछि प्रहरीले गत कात्तिक २ गते रविलाई रास्वपा केन्द्रीय कार्यालय शेषमतीबाट पक्राउ गरेको थियो । लगत्तै कास्की पुर्याइएका उनलाई पटक-पटक अनुसन्धानका लागि म्याद थप गरिएको छ ।