बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एनपीएल : टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै विराटनगर किंग्स

मंगलबार, मंसिर १८ २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिनको पहिलो खेलमा आज विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ ।

दुवै टोली पहिलो जितको खोजीमा मैदानमा उत्रनेछन् ।

विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले भने आज आफ्नो पहिलो खेल खेल्दैछ ।