काठमाडौँ । कीर्तिपुर नगरपालिका ४ को वडा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ ।
भर्खरै सकिएको मतगणना अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँले १०५५ मत ल्याएर जितेका हुन् ।
बानियाँ १०५५ मतसहित वडाध्यक्ष निर्वाचित हुँदा स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याएकी छन्। एमालेका बद्री बुढाथोकीले ४६० मत ल्याएका छन् भने माओवादीका नारायण विष्टले ३८१, राप्रपाका बिजेश बस्नेतले १४२ मत ल्याए।
२०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी १३८० मतसहित विजयी भएका थिए। यस पटक उनकी श्रीमती पविता खड्का स्वतन्त्रबाट उम्मेदवार थिइन् । उनले दोस्रोस्थान हासिल गरिन् ।