काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई ११२ रनको सामान्य लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनायाे। काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। माइकल लेभिट २५, स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १, रसिद खान ४, कप्तान करण केसी १, शाहब आलम १ र शंकर राना ११ रन बनाए आउट भए । ड्यान डौथवेट १९ र दीपेश कंडेल १ रनमा अविजित रहे ।
चितवन राइनोजका सोहेल तनविरले एकै खेलमा ५ विकेट लिने पहिलो बलर पनि बनेका छन् । उनले चार ओभर बलिङ गर्दै २१ रन खर्चेर ५ विकेट लिएका हुन् ।
काठमाडौंको कप्तानी करण केसीले र चितवन राइनोजको कप्तानी कुशल मल्लले सम्हालेका छन् ।