काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौँ गुर्खाजले पहिले ब्याटिङ गर्ने भएको हो।
काठमाडौँ गुर्खाज करण केसी र चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रिँदै छन् भने काठमाडौं गुर्खाजमा विदेशी खेलाडीमा इंग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन् ।
चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इंग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इंग्ल्याण्डका लुक बेन्केन्सटाइनलाई र अफगानिस्तानका हसन एइसाखिल छन् ।