बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार माझी विजयी

सोमबार, मंसिर १७ २०८१

मोरङ । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन् ।

सोमबार सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार काङ्ग्रेसका उम्मेदवार बलराम सरदार थारुलाई पराजित गर्दै माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले विजय हासिल गरेका हुन्।

माझीले ६ हजार ९६९ मत ल्याए भने नेपाली कांग्रेसका बलराम सरदार थारुले ५ हजार ३३३ मत प्राप्त गरे ।

नेकपा एमालेका उम्मेदवार तुलसी राम विश्वासले ४ हजार १५९ मत ल्याउँदा राप्रपाका दिनेश कुमार थान्दारले ५५५ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका नविन कुमार विश्वास खवासले ३७५ मत पाए ।