काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यस्तै, मधेश प्रदेशको महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा नेकपा (एमाले) का उम्मेदवार सकिवुल खाँ विजयी भएका छन् ।
सकिबुल खाँ ६३१ मत ल्याएर विजयी बनेका हुन्।
नेकपा माओवादी केन्द्रकी आइती कुमारी यादवले ५३४ मत र कांग्रेसका मोहम्मद जनिफ खाँले २८४ मत ल्याए।
यसअघि २०७९ को चुनावमा यहाँ माओवादी केन्द्रका मुकेशकुमार यादव वडाध्यक्ष भएका थिए। त्यो बेला कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत पाएका थिए।