बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

आज मन्त्रालयहरुको त्रैमासिक समीक्षा हुँदै

बुधबार, मंसिर १२ २०८१

काठमाडौं । आज मन्त्रालयहरुको त्रैमासिक समीक्षा हुँदैछ ।  सरकारका मन्त्रीहरुको त्रैमासिक समीक्षा हुन लागेकाे हाे ।

त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरुलाई बोलाएका छन् ।

प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले गरेका काम कारबाहीहरु, मन्त्रालयले सचिवहरुसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरुले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुनेछ ।