बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज मंगलबार गणेश भगवानको पूजाआराधना

मंगलबार, मंसिर ११ २०८१

काठमाडौं । हिन्दूधर्मअनुसार, मंगलबार गणेश भगवानको पूजाआराधना गरिन्छ ।साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ ।

यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ ।

मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।

मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ। सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ। मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले यसको खराब प्रभावलाई जोगाउनको लागी पनि यस दिन वर्त बसी विधिवत रुपमा भगवान गणेशको पूजा आराधना गर्ने गरिएको हो ।