काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक गरिएको हाे।
सोमबार बिहान धरहरा परिसरबाट प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफी सार्वजनिक गरेका हुन्।

अनावरणमा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी थिए ।

कार्यक्रममा एनपिएलमा सहभागी हुने आठ टिमका मार्की खेलाडीको उपस्थिति थियो।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

