काठमाडौं । इन्डियन प्रीमियर लिग (आइपीएल) मेगा अक्सनमा ८४ खेलाडीको लिलामी भएको छ ।
आइतबार १० टोलीले ७२ खेलाडी किनेर ४६७.९५ करोड भारतीय रुपैयाँ खर्च गरेका छन् । ऋषभ पन्त इतिहासकै महंगो खेलाडी बनेका छन् । उनले आईपीएलको लिलामीमा २७ करोड रुपैयाँ कमाएर नयाँ कीर्तिमान बनाएका छन् । यसअघि अन्य कुनै पनि खेलाडीले यति रकम पाएका छैनन् ।
उनलाई जारी अक्सनमार्फत लखनउ सुपर जायन्टले २७ करोड भारतीय रुपैयाँमा पन्तलाई अनुबन्ध गरेको हो ।
यसअघि श्रेयसलाई केहीबेरअघि किंग्स इलेभेन पन्जाब २६.७५ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।