बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रवि लामिछानेले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण प्रहरीले भेट्याे

सोमबार, मंसिर १० २०८१

काठमाडौं । गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका रास्वपा सभापति रवि लामिछानेले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण प्रहरीले फेला पारेको छ ।

सहकारी बचत अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले औंल्याएभन्दा बढी प्रमाण प्रहरीले फेला पारेपछि अदालतले समेत लामिछानेलाई थुनामा राख्ने म्याद थप्दै लगेको छ ।

गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका लामिछानेको हस्ताक्षर सहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको प्रहरीले फेला पारेको हो ।

गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका लामिछानेको हस्ताक्षर सहितको चेक बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारी संस्थालाई बुझाएको प्रहरीले फेला पारेको हो ।

स्रोतका अनुसार प्रहरीले अहिलेसम्म प्राप्त गरेका प्रमाणअनुसार गोर्खा मिडिया नेटवर्कले पाँच सहकारीबाट ६७ करोड ७६ लाख लिएको थियो, त्यसको ब्याज भुक्तान गर्न १ करोड ५५ लाख ८६ हजार ३ सय ४ रुपैयाँ लामिछाने आफैंले चेक काटेर भुक्तान गरेका थिए । यसका लागि उनले विभिन्न मितिमा काटेका चेक प्रहरीले बरामद गरेको छ ।

सहकारी ठगी, संगठित अपराध, किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेले काटेको चेकलाई प्रहरीले बलियो प्रमाण मानेको छ ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीलाई तिरेको ४० लाख ४२ हजार रुपैयाँको चेकमा रविको हस्ताक्षर भेटिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार यसबारे उनीसँग सोधपुछ र बयान लिने कामसमेत भइसकेको छ ।

सहकारी ठगीको अभियोगमा उनको संलग्नता पुष्टि गर्ने महत्वपूर्ण प्रमाण भएको प्रहरीको दाबी छ । तर, लामिछानेले भने यसमा पनि इन्कारी बयान नै दिइरहेका छन् । लामिछानेले चाहिँ आफू गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा कतिपय अवस्थामा अत्यावश्यक कामका लागि रित्तो चेक सही गरेर घर्रामा छाड्ने गरेको जिकिर गर्दै आएको र सो चेकमा कसैले संस्थाको नाम र रकम लेखेर दुरुपयोग गरेको भन्दै आएको प्रहरी स्रोत बताउँछन् । ‘ड्रयरमा राखेका बेला अरू कसैले चेकमा नाम लेखेर पठाएको हुनसक्ने रविले बयान दिनुभएको छ । स्रोतका अनुसार रविको बैंक खाता केलाउँदा शंकास्पद तथ्यहरू फेला परेका छन् । गृहमन्त्री हुनुअघि नै रविको बैंक खातामा शंकास्पद रकम जम्मा भएको र निकालेको देखिएको प्रहरी स्रोतको दाबी छ ।

सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न उहाँलाई गत कात्तिक २ गते पक्राउ गरिएको थियो । काठमाडौंबाट पक्राउ पर्नुभएका उनलाई त्यसै राति कास्की पु¥याइएको थियो । उनी एक महिना बढी समयदेखि कास्की प्रहरीकै हिरासतमा छन् ।

सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ पर्नुभएका रास्वपा सभापति लामिछानेको हिरासत बसाइ लम्बिँदै गएको छ । उनी गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका लामिछानेलाई कास्कीसँगै रुपन्देही ल्याएर प्रहरीले बयान लिइसकेको छ । सहकारी ठगी प्रकरणमा रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएपछि उनको बयान लिइएको थियो ।

उनलाई अब काठमाडौंसमेत ल्याएर बयान लिने तयारी छ । जिल्ला अदालत काठमाडौंले पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।