काठमाडौं । पहिलो नम्बरमा पेशी चढेको दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको सर्वोच्च अदालतमा सुनुवाई सकिएको छ ।
प्रसाईंको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमा आइतबार सर्वोच्चमा सुनुवाइ भएको थियो ।
प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी सहित गत शुक्रबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए । साे रिटमाथि आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भएको हो ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै अप्रमाणित कागजात सार्वजनिक गरेको अभियोगमा प्रसाईंलाई पक्राउ गरिएको थियो ।
सोही पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिटको आज सुनुवाई भएको र आदेश भने आउन बाँकी छ ।