बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

रास्वपाका २० सांसदविरुद्ध अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ

आइतबार, मंसिर ९ २०८१

काठमाडौं । सर्वोच्च अदालतमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका सांसदहरुविरुद्ध अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्धय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासमा सो पेशी परेको छ ।

अधिवक्ता भट्टराईले रास्वपाका केन्द्रीय पदाधिकारी, बागमती प्रदेशका प्रदेश सभापति र २० जना सांसदविरुद्ध अदालतको अवहेलनाको निवेदन दिएका थिए ।

न्यायाधीश विनोद शर्माको इजलासले गत मंगलबार यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको निवेदन दर्ता गर्न आदेश गरेको थियो ।

अधिवक्ता भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने,आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए ।

रास्वपाका उपसभापतिद्धय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित बागमती प्रदेश सभापति डा अच्युतम लामिछाने, कार्यवाहक प्रवक्ता तथा सांसद मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, तोसिमा कार्की, सोविता गौतम, अशोक कुमार चौधरी, असिम शाह र गणेश पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ ।

त्यस्तै सांसदहरु चन्दा कार्की, निशा डाँगी, बिन्दबासिनी कंसकार, बिनिता कठायत, लक्ष्मी तिवारी, शिव नेपाली, शिशिर खनाल, सन्तोष परियार र हरि ढकालविरुद्ध पनि अदालतको अवहेलनामा मुद्दा दायर भएको छ ।