काठमाडौं । अमेरिकाको भर्जिनिया च्यान्टिली नजिकै कार दुर्घटनामा परी दुई नेपाली युवकको मृत्यु भएको छ।
स्थानीय समयअनुसार शुक्रबार मध्यराति साढे १२ बजे भएको दुर्घटनामा एक अर्का नेपाली घाइते भएका छन्।
दुर्घटनामा परी ज्यान गुमाउने रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेका छन् ।
यस्तै काठमाडौंका मेहुल श्रेष्ठ घाइते भएका हुन्। अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था खतरामुक्त छ।
दुर्घटना लाउडाउन काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको बताइएको छ। लाउडाउन काउन्टी सेरिफ कार्यालयले कारचालक ३० वर्षीय नेपाली विजय तामाङलाई पक्राउ दुईजनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ।
अहिले उनलाई लाउडाउन काउन्टी अडल्ट डिटेन्सन सेन्टरमा राखिएको छ।
चालक तामाङले अत्यधिक मादक पदार्थ सेवन गरी कार चलाएकाले दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ। अत्यधिक गतिमा चलाइएको कार नियन्त्रण गुमेपछि सडकबाहिर पुगी रुखमा ठोक्किएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।