बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता शुरु

आइतबार, मंसिर ९ २०८१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि अन्तर्वार्ता शुरु भएको छ ।

अध्यक्ष चयनका लागि अर्थ मन्त्रालयमा बिहान साढे ८ बजेदेखि अन्तर्वार्ता जारी छ ।

आवेदन दिएर सर्ट लिस्टमा परेका ५ जना मध्ये अन्तवार्ता तथा प्रस्तुतीकरण दिन छुटेका ३ जनाको आज अन्तवार्ता हुन लागेको हो ।

दुई उम्मेदवार बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की उपस्थित भएका छन् ।

अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं भने अनुपस्थित रहेको स्रोतले जनाएको छ ।

यसअघि सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठको अन्तरवार्ता लिइएको थियो ।