बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

आइतबार, मंसिर ९ २०८१

कास्की । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार पुनः म्याद थपका लागि अदालत उपस्थित गराइएको छ।

लामिछानेमाथि अनुसन्धान गर्न यसअघि कात्तिक २५ गते १३ दिन म्याद थप भएको हो।  आज आइतबार पाँचौंपटक म्याद थपका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।

कात्तिक २ गते पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय दिएको थियो।

त्यसबीचमा रूपन्देहीमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई रूपन्देही लगेर बयानसमेत लिइएको थियो।

उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ।  बयानका लागि उनलाई काठमाडौं ल्याउने तयारी छ ।