बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

बालेन एमालेका विरुद्ध परिचालित छन् : एमाले

'स्टण्टवाजीमा केन्द्रीत रहेको पुष्टि'

शनिबार, मंसिर ८ २०८१

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिने बताएका छन् ।

शुक्रबार काठमाडौँको दरबारमार्गमा पार्टीले कार्यक्रम गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गरेपछि उनले यस्तो बताएका हुन् ।

जतिबेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिबेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राखिरहेको उनले बताएका छन् । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम भइरहेकै बेला महानगरले पर्चा सार्वजनिक गरेर स्टन्ट गरेको उनले बताएका छन् ।

‘काठमाडौँ महानगरका मेयर वालेन नेकपा एमालेका विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फवाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो’, उनले फेसबुकमा भनेका छन्, ‘अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिवेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिवेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सगसंगै जारी नै थियो ।’

मेयरको ध्यान सरसफाईमा नभई जरिवानाको स्टण्टवाजीमा केन्द्रीत रहेको उनको भनाइ छ ।