काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी मंसिर १६ गते ४४ पदमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्तिका साथ परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ ।
शनिबार बसेको पार्टी सचिवालयको बैठकले सम्पूर्ण पार्टी संयन्त्रलाई उपनिर्वाचन केन्द्रित हुन निर्देशन दिएको जानकारी दिँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘मंसिर १६ गते हुने उपनिर्वाचनका सन्दर्भमा सिंगो पार्टी पंक्तिलाई सम्पूर्ण शक्तिका साथ परिचालित हुन निर्देशन दिइएको छ ।
पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामथ्र्यका साथ परिचालन हुन आहृवान गरेको छ ।’
एमालेले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिश भएर आएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको छ ।
सचिवालय बैठकले ४४ वटै स्थानीय तहका उम्मेदवारको नाम अनुमोदन गरेको जानकारी दिँदै उपमहासचिव ज्ञवालीले भने, ‘४४ वटा स्थानीय तहको उपनिर्वाचनको तर्फबाट नेकपा एमालेका तर्फबाट सिफारिश भएका नाम अनुमोदन गर्ने काम गरेको छ ।’
यी हुन् एमालेका उम्मेदवार
कीर्तिपुर नगरपालिका मेयर- सुरेन्द्र मानन्धर
मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष- तुलसीराम विश्वास
दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्ष- उमा लुंगेली शेर्पा
रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष- केस कुमारी तुला
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख- सुनिता बोहोरा
बाजुराको स्वामी कात्र्तिक फापर गाउँपालिकाको उपाध्यक्ष- सुलोचना कुमारी भण्डारी बोहोरा
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष-जाना शाही