शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

साफ महिला च्याम्पियनसिप:

तीन मिनेटमै नेपालले फर्कायो गोल

बुधबार, कार्तिक १४ २०८१

काठमाडौं – साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश १–१ ले बराबरी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको दोस्रो हाफ जारी रहँदा ५६ औँ मिनेटमा अमिसा कार्कीको गोलमा नेपाल खेलमा फर्किएको छ।

साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको जारी फाइनल खेलमा बंगलादेशले १–० ले शुरुवाती अग्रता बनाएको थियो । दोस्रो हाफको ५१ मिनेटमा बंगलादेशकी मोनिका चक्माले नेपालविरुद्ध एक गोल गरेकी थिइन् ।