बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

सोमबार, कार्तिक १२ २०८१

साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल नेपालले र भारतमाथि जित हात पारेको छ । दशरथ रंगशालामा भएको तनापूर्ण खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४–२ अन्तरले भारतलाई पाखा लगाएको हो ।

त्यसअघि तनावपूर्ण खेलमा भारतको  सुरुवाती अग्रता सावित्रा भण्डारीले गोल गर्दै बराबरीमा ल्याएकी थिइन् । करिब डेढ घण्टासम्म रोकिएको खेल फेरि सुरु भएको थियो ।

भारतले खेलको ७१औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसलगत्तै नेपालले पनि गोल गरेको थियो । नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन ।

भारतले अग्रता लिएलगत्तै नेपालले गरेको गोललाई मान्यता नदिएपछि उत्पन्न विवादका कारण खेल डेढ घण्टा रोकिएको थियो । तर, फेरि रोकिएकै स्थानबाट खेल सुरु भएलगत्तै सावित्रा भण्डारीले बराबरी गोल गरेकी थिइन् ।

आइतबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई सात-एक गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो ।
थप सामग्री : https://ehimalayatimes.com/2024/10/278560/