काठमाडौं । टी-२० सिरिजको अन्तिम खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन मात्रै बनाउन सक्यो ।
अमेरिकाका लागि सैजेता मुक्कमल्लाले ६८ रन बनाए । मिलिन्द कुमार ४३ रन बनाए ।
यस्तै, नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट लिए ।
अहिलो नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।