काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको विपक्षी दलको बैठक सुरु भएको छ ।
बानेश्वरमा बसेकाे बैठकमा राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल भइरहेको छ ।
बैठकमा माओवादीबाट भने प्रचण्ड र शक्ति बस्नेत तथा एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल सहभागी छन् ।
बैठकमा रास्वपाबाट ६ नेता सहभागी भएका छन् । सभापति रवि लामिछानेसहित ६ नेताहरु बैठकमा सहभागी भएका हुन् । रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, नेताहरु शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त महर्जन सहभागी छन् ।
यस्तै सत्तापक्षका महन्थ ठाकुर पनि बैठकमा सहभागी छन् । यस्तै प्रभु साह पनि बैठकमा छन् ।