बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

काँग्रेस, एमाले र माओवादी केन्द्रको सत्तास्वार्थले मुलुक बिग्रियोः लिङदेन

आइतबार, असोज २० २०८१

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द लिङदेनले काँग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको आरोप लगाएका छन् ।

केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका ठूला दलका नेताहरुले देशलाई बिगारेको उनको जिकिर थियो ।

झापामा आयोजित पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङदेनले ठूलो दलहरु सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको पनि बताए।

उनले राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा १० वर्ष भित्र राम्रो रोजगारीको व्यवस्था गराउन सकिनेसमेत बताए ।

अध्यक्ष लिङदेनले राजनीतिमा भ्रष्ट र बेइमानहरुको विगविगी रहेको पनि बताउनु भयो । अध्यक्ष लिङदेनले मुलुक भ्रष्टाचारीहरुले सिन्डीकेट खडा गरेर बसेको पनि बताए ।