काठमाडौं । अलराउण्डर गुलशन झा नेपालबाट एकै खेलमा ५ विकेट लिने र अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् ।
गुलशन झा युवा नेपालबाट ओडीआईमा एकै खेलमा पाँच विकेट लिनुको साथै ५० भन्दामाथि रन बनाउने पहिलो खेलाडी बनेका हुन् ।
नेपाल बिहीबार विहान ओमानसँग १ विकेटले पराजित भएपनि गुलशनले ५३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए।
तथापि आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित बन्न पुग्याे।
नेपालले दिएको दुई सय २० रनको लक्ष्य ओमानले ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको थियो ।
क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।