बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

संविधानविपरीतका अभिव्यक्तिको भण्डाफोर गर्न प्रचण्डकाे आह्वान

बिहिबार, भाद्र २० २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलका नेताहरूले दिइरहेको संविधानविपरीतका अभिव्यक्तिको भण्डाफोर गर्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

शहीदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानविपरीतका अभिव्यक्तिको भण्डाफोर गर्न आह्वान गरेका हुन् ।

संविधानको ब्याख्यात्मक टिप्पणीमा सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर स्पष्टसँग लेखिए पनि सत्तारुढ दलका कतिपय नेताहरुले संविधानको व्यवस्था विपरीत बोलेको गुनासो समेत प्रचण्डले गरे । ‘अहिले कतिपय सत्तारुढ दलका नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ,’ प्रचण्डले भने, ‘संविधानमा भएको यथार्थलाई जोडदाररुपमा जनतामा लैजानुपर्छ ।’

जनयुद्धका महान शहीदलाई सम्मान गर्ने सवालमा पार्टीले निरन्तर काम गरिरहेको प्रचण्डले स्पष्ट गरे ।