काठमाडौं । पेरिस पारालिम्पिक अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली टोली आज स्वदेश फर्किएको छ ।
टोलीलाई त्रिभुवन अनन्तरार्ष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पलेशासहित नेपाली टोलीलाई नगर परिक्रमासहित भव्य स्वागत गर्ने छ ।
र्याली एयरपोर्टबाट सुरु भएर गौशााला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर समापन हुनेछ ।

पलेसाले गत शुक्रवार राति कास्य जितेकी थिइन्। कुनै पनि किसिमको ओलम्पिक खेलकुदमा नेपालले जितेको यो पहिलो पदक हो। सरकारको पुरस्कारसम्बन्धी नियमावलीअनुसार पलेसाले ६५ लाख रुपैयाँ प्राप्त गर्ने पक्का भइसकेको छ।
पलेशाले के–४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कास्यपदक जितेकी हुन् । सन् १९६४ को टोकियो ओलम्पिक तथा सन् २००४ को एथेन्स पारालिम्पिकदेखि नेपालले सहभागिता जनाउँदै आएको भए पनि पदकविहिन थियो ।