बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी पलेशाले ६५ लाख रुपैयाँ पुरस्कार पाउने

आइतबार, भाद्र १६ २०८१

काठमाडौं। पेरिस पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे अनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउने भएकी हुन्।

नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल, गृष्मकालीन, शीतकालीन, पारा र विशेष तथा विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ।

साथै नियमावलीमा पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख पचासी हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार पुरस्कार पाउने व्यवस्था गरिएको छ । नियमावलीले ओलम्पिकमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई १ करोड ३० लाख र रजत पदक जित्ने खेलाडीलाई ९७ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको छ।