बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

एमाले सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

बिहिबार, भाद्र १३ २०८१

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो १ बजे बैठक बस्ने बैठकमा पार्टीभित्र २०८१ को कार्ययोजना लागू गर्ने लगायत विषयमा छलफल हुँदैछ ।

बैठकमा सरकारको कामकारबाहीबारे समीक्षा पनि हुने जनाइएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूचि तय गरिएको छ ।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यालय बैठकले आज बस्ने सचिवाल बैठकको कार्यसूची तय गरेको छ ।

सो बैठक महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको थियो ।

बैठकमा महासचिव पोखरेलसहित तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए ।