शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

यू- २० साफ च्याम्पियनसीप : आज नेपाल र बंगलादेश भिड्दै

बिहिबार, भाद्र ६ २०८१

काठमाडौं । यू- २० साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बंगलादेश भिड्दैछन् ।

सेमिफाइनल पुगिसकेका नेपाल र बंगलादेशबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।

मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २-० को जित निकालेसँगै नेपालको सेमिफाइनल पुगेका थियो ।

बुधबार भएको खेलमा भुटानले माल्दिभ्सलाई दुई-एक गोलले हराएको थियो । लगातार परेको झरीका बीच भएको खेलमा भुटानलाई जिताउन जितसुन दोर्जी र नोवाङ छोपेलले गोल गरेका थिए ।

यसअघि पहिलो खेलमा भुटान भारतसँग एक-शून्य गोलले पराजित भएको थियो । माल्दिभ्सले भने हारबाट च्याम्पियनसिपको सुरुवात गरेको छ । समूह चरणको अन्तिम खेलमा अब माल्दिभ्सले भारतविरुद्ध खेल्नेछ ।

च्याम्पियनसिपमा पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् । नेपाल र बंगलादेश एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यस्तै, समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।