काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा बिहान ८ बजेबाट सुरू हुने केन्द्रीय समिति बैठकमा १० वटा कार्यसूची तय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ । यस्तै समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ ।
त्यसैगरी राष्ट्रिय भेलाको तयारी र कार्ययोजनाबारे पनि बैठकमा छलफल हुने छ ।
संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशमा विधान संशोधन, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा पनि बैठकमा छलफल हुने छ ।
यसबाहेक समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुने कार्यवाहक प्रवक्ता झाले बताए।
रास्वपाले संविधान दिवसको कार्यक्रमलाई केन्द्रीय समितिको एजेन्डा बनाएको छ। असोज ३ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने उसको लक्ष्य छ।