बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

किङमा एकसाथ देखिँदै शाहरुखका बाबु–छोरी

बिहिबार, साउन ३१ २०८१

काठमाडौं । फिल्म ‘किङ’मा बलिउड नायक शाहरुख खान र उनकी छोरी सुहानाको अभिनय रहने पक्का भएको छ । शाहरुखले भर्खरै एक अन्तरवार्तामा यसको पुष्टि गरेका हुन् ।

यो शाहरुख र सुहानाको पहिलो सहकार्य हो । शाहरुखले यस फिल्ममा अनुबन्ध हुनुको कारणबारे पनि खुलासा गरेका छन्। पछिल्लो सात वर्षदेखि आफूले गर्न चाहेको कथा भएकाले यस फिल्ममा जोडिएको उनले बताए।

स्विट्जरल्याण्डमा जारी लोकार्नो फिल्म फेस्टिभलमा जिओना ए नाजारोसँगको कुराकानीमा शाहरुखले आफ्नो आगामी फिल्म ‘किङ’ रहेको बताए। यस फिल्ममा उनकी छोरी सुहाना यसअघि नै अनुबन्ध भइसकेकी छिन्। यस फिल्मको खलपात्रको भूमिकामा अभिषेक बच्चन रहेका छन्।

‘म फिल्म गर्नुअघि साथीहरू र फिल्म क्षेत्रका मान्छेहरूलाई यस्तो कथामा काम गर्न मन छ भनेर कुरा राख्छु । उनीहरूले त्यहीअनुसारको कथा सुनाए भने काम गर्छु’, उनले भनेँ, ‘म पछिल्लो ७ वर्षदेखि उमेर केन्द्रित फिल्म गर्न चाहिरहेको थिएँ । सुयोगले घोशले मेरो अफिसमा आएर तपाईंले खोजे जस्तो कथा छ।’

एजेन्सीको सहयोगमा