काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेको नीति विश्वका लागि उदाहरणीय र अनुकरणीय रहेको टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटेको सहमतिले नेपाली राजनीतिक दल जटिल काम सम्पन्न गर्न आफै सक्षम छन् भन्ने देखाएको पनि बताएका हुन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाद्वारा बुधबार प्रतिनिधिसभामा प्रस्तुत बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ९तेस्रो संशोधन० विधेयक २०७९ माथिको छलफलमा सहभागि हुँदै सभापति देउवाले यस्तो बताएका हुन्।
‘संसद्मा प्रस्तुत विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको छ,’ सभापति देउवाले भने, ‘सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितको परिपूरण गर्ने र द्वन्द्वलाई पुनरावृत्ति हुन नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था गरेको छ।’