बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, ११ वटा प्रस्तावमाथि छलफल

बिहिबार, साउन २४ २०८१

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।

बुधबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव, भ्रातृ संगठनहरूको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रस्ताव लगायतका ११ वटा प्रस्तावमाथि छलफल हुनेछ ।

साथै, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा सय दिने संगठनात्मक अभियान भदौ १५ देखि मंसिर २५ सम्म सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत भएको थियो ।

बैठकमा सो प्रश्ताव प्रश्तुत भएको बैठकपछि पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका थिए ।

उनकाअनुसार बैठकमा विभिन्न ११ वटा विषयवस्तुहरु प्रवेश भएका छन् । जसमा महासमितिको बैठकले विभिन्न प्रश्तावमा छलफल गरी प्रश्तावहरु केन्द्रिय समितिले परिमार्जनसहित पास गर्ने निर्णय भएअनुसार केन्द्रिय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जन प्रश्ताव उपर छलफल गर्ने प्रस्ताव छ । उनले राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा कार्य सम्पादन समितिले गरेको निर्णयलाई अनुमोदन गरेको बताए ।

उनले भ्रातृ संगठनहरुको अधिवेशनका लागि दिइएको समय निर्देशक समिति बनाउने निर्णय बनाउने प्रश्तावबारे पनि छलफल हुने बताएका थिए।