बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

बुधबार, साउन २३ २०८१

काठमाडौं । आजबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठक बस्दैछ ।

पार्टी कार्यालय सानेपामा बैठक दिउँसो १ बजेबाट सुरु हुनेछ ।

बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुने बताइएको छ ।

आजको बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू मूल एजेन्डा रहेका छन् । महासमिति बैठकले पारित गरेका दस्तावेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुनेछ ।

बैठकले महासमिति बैठकबाट पारित नीति, साङ्गठनिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ । पार्टीका भ्रातृ  संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुनेछ ।