बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बंगलादेश : पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न आदेश

आन्दोलनमा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन

मंगलबार, साउन २२ २०८१

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न आदेश दिएका छन्।

सेनाप्रमुखले अन्तरिम सरकार गठन घोषणा गरेको केही घण्टापछि सोमवार साँझ उनले यस्तो आदेश दिएका हुन् ।

राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन्।

बाङ्ग्लादेशका राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने बताए।

तर सरकार कसको नेतृत्वमा बन्छ भन्ने स्पष्ट हुन बाँकी छ। केहीले भने नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । आरक्षण विरोधी आन्दोलनका संयोजक नाहिद इस्लामले मंगलबार बिहान नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार गरिने बताएका छन् ।

विद्यार्थी आन्दोल चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छोडेकी थिइन् । उनले देश छोडेपछि पार्टीका नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् ।