काठमाडौं । सेन्ट्रल एसिया भलिबल एसोसिएसन काभा महिला भलिबल नेसन्स लिग काठमाडौंमा आजदेखि सुरु हुँदैछ ।
आज त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा दिउँसो सवा ३ बजेबाट सुरु हुने खेल नेपाल र श्रीलंकाबीच पहिलो प्रतियोगिता हुँदैछ ।
प्रतियोगितामा नेपाली टोलीले अरुणा शाहीको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ ।
आजदेखि सुरु हुने प्रतियोगितामा नेपाल र श्रीलंकासहित भारत, माल्दिभ्स र इरान सहभागी छन् । प्रतियोगिता अन्तर्गत आजै हुने दोस्रो खेलमा भारत र इरान आमने सामने हुनेछन् । राखेप कभर्डहलमा हुने साे खेल पौने ६ बजे सुरु हुनेछ ।
नेपालले आफ्नो दोस्रो खेल साउन १८ मा भारत, तेस्रो खेल साउन १९ मा इरान र चौंथो खेल साउन २० मा माल्दिभ्ससँग खेल्ने तालिका छ ।
राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।
सेमिफाइनलमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहने टिमले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल साउन २२ गते हुनेछ ।