काठमाडौं । सातको कारोबारको पहिलो दिन आज प्रि ओपन सेसनमै नेप्से ३८ अंकले बढेको छ ।
मौद्रिक नीतिपछिको पहिलो कारोबारकाे प्रि-ओपन सेसनमै नेप्से परिसूचक बढेर ३८.२७ अंक पुगेकाे हाे ।
१ मिनेटमै ४ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेकसमेत लागेको छ।
पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ अंक बढेर २६७० अंकमा कायम भएको छ ।
शुक्रबार राष्ट्र बैंकद्वारा सार्वजनिक मौद्रिक नीतिको विभिन्न सरोकारवालाले सकारात्मक प्रतिक्रियासहित स्वागत गरेका छन् ।
यो क्रम आजको नेप्सेको सुरूवाती कारोबारमा पनि देखियो ।