काठमाडौ । सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटल प्रा. लि. अन्तर्गत देशभर रहेका शाखाहरुमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । यस सम्झौता पत्रमा बैंकका ट्रान्ज्याक्शन बैंकिङ्ग तथा इन्टरनेस्नल बिजनेस प्रमुख जीत बहादुर अधिकारी र आरुष लाइफस्टाइल हस्पिटलस प्रा. लि. का प्रमुख कार्यकारी अघिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरेका हुन।
बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखघर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बरगाछी विराटनगर स्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउन सक्ने छन् । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सकिने बैंकले जानकारी दिएको छ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ।