काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ ।
आज अपरान्ह ४ बजे नेकपा –एकीृकत समाजवादी) को केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ ।
समाजवादी मोर्चामा अहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् । यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन ।
जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।
कांग्रेससँगको सत्ता गठबन्धनका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको अग्रसरतामा अघि सारिएको समाजवादी मोर्चाको अभियानलाई केहीदिन अघि पुनः ब्युँताएर सक्रिय बनाउने निर्णय भएको थियो ।