काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ ।
राष्ट्रियसभाको बैठक दिउँसो सवा ३ बजे बस्नेछ भने अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकको सम्भवित कार्यसूची सार्वजनिक भएको छैन ।
मन्त्रिपरिषद् विस्तारसँगै नयाँ सम्भावित कार्यसूचीका लागि सभामुख र राजनीतिक दलका प्रमुख सचेतकबीच छलफल हुनेछ ।
सोहीअनुसार आजको बैठकका लागि कार्यसूची तय गरिने संसद सचिवालयले जनाएको छ ।