बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै

शनिबार, असार २९ २०८१

काठमाडौं । नेपाली कांग्रेसले शनिवारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ ।

उक्त बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई निर्देशन दिइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नयाँ सरकार गठनको तयारीबारे छलफल गर्न कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको बताइएको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको समर्थनमा राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

ओलीको आइतबार शपथ हुने र लगत्तै मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।