बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस-एमालेलाई विश्वासले होइन सुशासनको डरले जोड्यो : प्रधानमन्त्री

शुक्रबार, असार २८ २०८१

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा प्रतिगमन र निरंकुशताको डर लागेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभामा विश्वाको मत माग्ने क्रममा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । उनले संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले नजोडेको जिकिर गरे ।

उनले सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिष्पर्धी दलहरू मिलेर सरकार नबनाउने बताए ।

सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले कांग्रेस र एमालेलाई जोडेको उनले बताए ।

उनले अगाडि भने, ‘तपाईँहरुलाई डरले जोड्यो, भयले जोड्यो । त्यो डर हो, सुशासनको डर ।’

उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकारमात्र बनाउने मात्र नभइ रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाडको घोषणा गरेको जिकिर गरे । नियत सफा भए पहिलो र दोश्रो दल मिल्न अँध्यारो बन्द कोठा नचाहिने उनले बताए ।