बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

समाजवादी मोर्चा व्यूँताउन प्रधानमन्त्रीले थाले छलफल

बिहिबार, असार २७ २०८१

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चाको पुनःगठनका बारेमा समाजवादी घटक दलहरुसँग छलफल गरेका छन्

बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीसँग प्रधानमन्त्री दाहालले छलफल गरेका हुन् ।

बैठकपछि जानकारी गराउँदै प्रधानमन्त्री दाहालका स्वकीय सचिव एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रमेश मल्लले समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल केन्द्रित भएको बताए। उनले समाजवादी मोर्चामा पहिला ४ वटा पार्टी भएपनि जनता समाजवादी पार्टी, नेपाल छुट्टिएपछि बैठक बस्न नसकेको र अहिले घटकका तीन दल र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मिसिएको बताए ।

उनले बैठकमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गर्नुभएको र नेताहरुले पनि आफ्ना धारणा राख्ने काम भएको स्वकीय सचिव मल्लले बताए । उनले नेताहरुले आफ्नो ठाउँबाट अर्को बैठकसम्म समाजवादी मोर्चामा रहने राजनीतिक दलहरुको टुंगो लगाउने र छिटै बैठक बस्ने जानकारी दिएको पनि बताए ।