काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी महामन्त्रीबाट बर्खास्त भएका डा. मुकुल ढकाल रास्वपामै रहने संकेत गरेका छन् ।
पार्टी निर्णय सार्वजनिक भएलगत्तै उनले सामाजिक सञ्जालबाट यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।
उनले ‘रवि लामिछाने क्लव’ बाट मात्र निष्कासित भएको प्रतिक्रिया दिएका छन् ।
ढकालले लेखेका छन्, ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि …. ’