शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न अनुशासन आयोगको सिफारिस

मंगलबार, असार २५ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको सिफारिस गरेको छ ।

रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

आयोगको सिफारिसमाथि केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ । आयोगको सिफारिसमाथि छलफल गरेर केन्द्रीय समितिले आवश्यक निर्णय लिनेछ ।

पार्टीको अनुशासन आयोगले नेतृत्वलाई ढकालको बारेमा प्रतिवेदन बुझाइसकेकाले प्रतिवेदनमँथि छलफल हुने र केन्द्रिय समितिले कारबाही गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय लिने बताइएको छ ।