शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

एमालेकाे सचिवालय बैठक बस्दै

मंगलबार, असार २५ २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ ।

साथै नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ । नेपाली काँग्रेस र नेकपा एमालेबीच नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउने र निर्वाचनताका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने समझदारी भएको छ ।

सो विषयमा पनि बैठकमा छलफल हुनेछ ।