बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मुकुल ढकालबारे निर्णय लिन रास्वपाको बैठक बस्दै

मंगलबार, असार २५ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बिहान बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालाजुमा बिहान ८ बजे बस्न लागेको हो । साे बैठकले निलम्बित महामन्त्री मुकुल ढकालमाथि  निर्णय लिने छ ।

बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनले भने, ‘अनुशासन समितिले हिजो प्रतिवेदन बुझाएको छ । त्यसमा छलफल गर्छौं । बैठकमा एजेन्डामा समसामयिक र विविध पनि छ ।’

महामन्त्री ढकालमाथि आजै कारबाही गर्ने निश्चित भएपछि नयाँ महामन्त्री नियुक्तिको तयारी भएको छ । बैठकले ढकालमाथि कारबाहीको निर्णयसँगै नयाँ महामन्त्री र प्रवक्ता चयन गर्न सक्ने अनुमान गरिएकाे छ ।