बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ब्राजिललाई हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

आइतबार, असार २३ २०८१

काठमाडौं । ब्राजिललाई हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज बिहान भएको खेलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

जितसँगै उरुग्वे सेमीफाइनलमा पुगेको छ भने ब्राजिल प्रतियोगिताबाटै बाहिरिएको छ।

त्यस्तै पनामालाई पराजित गर्दै कोलम्बिया पनि कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

स्टेट फार्म स्टेडियममा आज बिहान सम्पन्न खेलमा कोलम्बियाले पनामालाई ५–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।