शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

एमाले संसदीय दलको बैठक बस्दै

आइतबार, असार २३ २०८१

काठमाडौँ । नेकपा एमालेकाे संसदीय दलको बैठक आज बस्दैछ ।

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेकाले त्यसअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

बैठक अहिले बिहान १० बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

साथै नयाँ सरकारमा जाने तयारीको विषयमा छलफल गरिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आजैका लागि बोलाइएको रास्वपाको संसदीय दलको बैठक भने विशेष कारण भन्दै स्थगित गरिएको छ ।

रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगन भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको हो ।